जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट काठमाडौ जाँदै गरेको भारतीय पर्यटक बस नदिमा खस्यो ,१४ जनाको शव निकालियो, १६ घाइते

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँमा भएको भारतीय पर्यटक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका थप १६ जना घाइतेकाे उद्धार भएकाे छ ।  शुक्रबार बिहान आबुखैरनीस्थित ऐना पहरा छेउबाट बस मर्स्याङ्दी नदीमा खसेको थियाे ।

दुर्घटनास्थलमा उद्धारमा खटिएका प्रहरी अधिकारीकाअनुसार अहिलेसम्म १४ जनाको शव निकालिएको छ। १५ जना घाइतेकाे उद्धार भएकाे छ ।  दुर्घटनामा परेको बस ४० जना भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौँ आउँदै थियो ।