जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नुवाकोटको शिवपुरीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।
नुवाकोटमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।

सम्बन्धित समाचार :

नुवाकोटको शिवपुरीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु