जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

श्री नयाँपुल महिला बचत तथा ऋण सहकारी संस्था पोखरा २१ फुस्रेखोला को ११ औ बार्षिक साधारण सभा सम्पन्न ।

श्री नयाँपुल महिला बचत तथा ऋण सहकारी संस्था पोखरा २१ फुस्रेखोला को ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ।

पोखरा १७ को राजमहल पार्टी प्यालेस मा सम्पन्न कार्यक्रममा अध्यक्ष भिमा सिग्देल द्वारा अध्यक्षको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने  देवि शर्मा द्वारा  कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो साथै शाान्ति सुवेदी द्वारा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमका  प्रमुख अतिथि पोखरा वडा नम्बर २१ का वडा अध्यक्ष दिपक सुवेदीले महिलाहरु द्वारा संचालित यश सहकारीले महिलाहरुलाई आर्थिक बाटोमा अगाडी  बढन सिकाएको बताउनु भएको थियो।
कार्यक्रममा संचारकर्मि तथा सामाजिक अभियान्ता शुष्मा शर्मा,
लोक कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुर्ण दिप सिग्देल ,उप सचिव तथा पोखरा महानगरपालिकाका पुर्व दर्ता अधिकृत गंगालाल सुवेदीले शुभकामना मन्तवय व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाले  जेष्ठ सदस्य शान्ति पोख्रेल तथा असल बचतकर्ता को रुपमा कृष्ण माया बस्नेत लाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई संस्था कि उपा-ध्यक्ष  रन्जना रेग्मी पहारीले स्वागत गर्नु भएको थियो भने  कार्यक्रम संचालन संस्थाकि सचिव देवि शर्माले गर्नु भएको थियो ।