जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने रास्वपाको निर्णय

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको उप निर्वाचनमा भाग लिने निर्णय भएको एक सदस्यले नेपालखबरलाई जानकारी दिए ।

‘उपनिर्वाचनमा भाग लिने निर्णय भएको छ,’ ती सदस्यले भने ।

उनका अनुसार, बुधबारको बैठकमा केही सदस्यले स्ततन्त्र उम्मेदवारलाई सहयोग गर्नेबारे मत राखेका थिए ।

‘धेरै साथिहरूले स्वतन्त्र साथीहरूलाई समर्थन गर्नुपर्छ भनेर मत राखेका छौँ। स्थानीयलाई सपोर्ट गर्ने भन्ने भयो,’ ती सदस्यले भने ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने सुझाव निर्वाचन आयोगले दिएको छ ।