जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य हालसम्मकै उच्च

जन्मभुमि खबर ,
पोखरा ।

सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि २ साउनमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । २ साउनको रेकर्डलाई तोड्दै शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार सात सय ९५ रुपैयाँ कायम भएको छ ।