जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो

जन्मभुमि खबर ,
पोखरा ।

सुनको मूल्यले आज पनि इतिहासकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको भाउ १ लाख ५३ हजार दुईसय रुपैयाँ कायम भएको छ ।

बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सर्वाधिक महँगो बनेको सुनको भाउ आज पनि बढेको हो। हिजो सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ थियाे ।

यसअघि यही भदौ ५ गते १ लाख ५३ हजार पुगेर सुन केही सस्तिएका थियो ।

मंगलबार तोलको १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले बढेको थियो। हिजो भन्दा आज थप एक सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै सर्वाधिक महँगो बनेको हो ।

चाँदीको मूल्य भने आज घटेको छ । हिजो तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २५ रुपैयाँ घटेर एक हजार ८ सय ३० रुपैयाँ झरेको छ ।