जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष कुँवरविरुद्ध पक्राउ पुर्जी जारी

जन्मभुमि खबर ,
पोखरा ।

सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति जारी दिएको हो ।

स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन सचिव हुँदा देखिएको हिनामिनाका विषयमा उनीमाथि उजुरी परेको स्याङ्जा प्रहरीका एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार, गत साउन ११ गते सोही सहकारीका सञ्चालक जीवन वाग्लेलाई पक्राउ गरेको थियो ।

सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए ।