जन्मभुमि खबर ,
पोखरा ।
विद्यालय जाँदै गरेकी एक शिक्षिकाको पहिरोले पुरिएर बिहीबार बिहान मृत्यु भएको छ ।
रावाबेसी गाउँपालिका–३ लामीडाडाँस्थित विश्वज्योति मावि जाँदै गरेकी ५७ वर्षीया साबित्रादेवी नेवारको बिहीबार बिहान पौने दश बजे पहिरोले पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार विद्यालय गइरहेकोबेला बाटोदेखि करिब ३०–३५ मिटरमाथिबाट खसेको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
शव पोष्टमार्टमका लागि दिक्तेल ल्याइदै छ ।