जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मौलिकता नबिर्सिएको ‘छोरी भर.. जन्मनु’ सार्वजनिक (भिडियोसहित)

जन्मभुमि खबर ,
पोखरा ।

तीजको मौलिकता बोकेको ’छोरी भर जन्मनु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समुदायमा परम्परा अझै गाडिएको छ, ‘छोरा नजन्मेसम्म बच्चा जन्माइरहने । सात वटी छोरी जन्मिसक्दा पनि छोराको चाहना राख्ने ।’

सोही परम्पराको विरोधमा बनाइएको सो म्युजिक भिडियो बाबा इन्टरटेनमेन्ट टिभी च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त गीतको शब्द म्याग्दीमा जन्मिएर कतारलाई कर्मथलो बनाउँदै आएका तिलु शर्मा पौडेल र पर्वतमा जन्मिएर क्यानडालाई कर्मथलो बनाउँदै आएका प्रवेश पौडेलले सङ्कलन गरेका हुन् । उक्त गीतको आवाज गायिका शान्तिश्री परियारले भरेकी छिन् भने गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन् ।

त्यस्तै भिडियोमा स्मारिका ढकाल, अंशु थापा महर्जन, सन्ध्या अर्याल, वर्षा लम्साल लगायतले विभिन्न भुमिकामा अभिनय गरेका छन् ।