जन्मभुमि खबर ,
पोखरा ।
मर्स्याङ्दीमा गत भदौ ७ गते खसेको भारतीय नम्बर प्लेटको बस नदीबाट बाहिर निकालिएको छ। सोमबार बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर क्रेनबाट बस निकाल्ने प्रयास गरिएको थियो ।
सुरुमा एउटा क्रेनबाट भएको प्रयासबाट बस निकाल्न नसकिएपछि अर्को क्रेन लगेर बस सडकमा निकिालिएको हो ।
जिल्ला प्रहरी तनहुँका एसपी बिरेन्द्रबहादुर शाहीका अनुसार, भर्खरै सडकमा बस निकालिएको छ ।
बिहानैदेखि मुग्लिन–आँबुखैरेनी सडकखण्ड बन्द गरेर बस निकाल्ने प्रयास गरिएको थियो । उक्त सडकखण्ड बन्द भएपछि यात्रुहरू बाटोमै अलपत्र परेका थिए ।
बस सडकमा निकालेसँगै अब बन्द गरिएको सडक पनि खुल्ने एसपी शाहीले बताए ।