जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरण : थप १ जना महिला पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको प्राइम सहकारी रकम अपचलन आरोपपछि फरार थप एकजना पक्राउ परेका छन् । पोखरा ४ गैह्रापाटनकी ५६ वर्षीय दीपा कोइराला पक्राउ परेकी कास्की प्रहरीले जनाएको छ ।

निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा उनी फरार थिइन् । उनलाई बिहीबार नै अदालत पेस गरिएको कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।