जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलको मुल्य २ रुपैयाँ , डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर १ रुपैयाँ घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जानकारी गराएको छ ।
विज्ञप्ति अनुसार, काठमाडौँमा अब पेट्रोलको मूल्य १६३ रुपैयाँ प्रतिलिटर पर्नेछ। पोखरा र दिपायल क्षेत्रमा पनि यही मूल्य कायम हुनेछ।
त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा १६३ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ।

चारआली, विराटनगर, अमलेखगञ्ज जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

मूल्यसूची हेर्नोस्–