जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

जन्मभुमि खबर,
पोखरा ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। शिवपुरी गाउँपालिका–७ का वडाअध्यक्ष बीर बहादुर तामाङले ५ जनाको शव भेटिएको पुष्टि गरे ।

वडाअध्यक्ष तामाङ अहिले घटनास्थलमै छन्। दुर्घटनाबारे थप विवरण आउने क्रम जारी छ ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।