जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अमेरिकामा गोली हानेर नेपाली छात्राको हत्या

जन्मभुमि खबर ,
पोखरा ।

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा गोली हानेर एक नेपाली छात्राको हत्या गरिएको छ ।

भोजपुर घर भएकी  २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको हो ।

घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुग्दा मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिएकी हुन् ।

उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।

सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाण्डेकी आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन् ।

हालसम्म हत्यारा पत्ता लागेका छैनन्। घटनाबारे अनुसन्धान भइरहेको ह्युस्टन प्रहरीले जनाएको छ ।