जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गुडिरहेको माइक्रोमाथि रुख बजारिँदा ७ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।

गजुरी–५ जरेखोला भन्ने स्थानमा माथिबाट आएको पहिरो सहितको रुखले लागेर यात्रु घाइते भएका हुन् ।

पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो। धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख बजारिएको हो।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।  प्रहरीका अनुसार माइक्रो बसमा सवार यात्रुमध्ये ७ जना घाइते भएका हुन्।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।