जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको कम्युनिष्ट आन्दोलनका अगुवा भण्डारीको निधन

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २८ साविक कालिका गाविस वडा नम्बर ३ का पूर्ववडाध्यक्ष तुलसीप्रसाद भण्डारीको निधन भएको छ ।

विक्रम सम्वत १९९० साल असोजमा कालिकाको सिद्धीपुरमा जन्मेका भण्डारीको ९१ वर्षको उमेरमा आइतबार
साँझ उहाँकै निवासमा निधन भएको हो । भण्डारी केही सयमदेखि निमोनिया रोगबाट पीडित थिए ।

२०१५ सालमा कम्युनिष्ट पार्टीको सदस्य बनेका भण्डारी २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट कालिका गाविस वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए । कास्कीकै पुराना कम्युनिष्ट पार्टी सदस्य भण्डारी जीवनभर सामाजिक कार्यमा सक्रिय थिए ।

भण्डारीको सोमबार सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापा, राजीव पहारी र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले पार्टीको झण्डा ओढाएर भण्डारीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

भण्डारी कास्कीको कम्युनिष्टआन्दोलनको अगुवा भए कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताए । भण्डारी हाम्रो पुस्ताको प्रेरणाको स्रोत हुनुहुन्थ्यो , अधिकारीले भने, कास्कीको कम्युनिष्ट आन्दोलनका अगुवा र अभिभावक हामीले गुमायौं ।

स्वर्गीय भण्डारीका २ छोरा र २ छोरी छन् भने २ छोराको यस अघि नै निधन भइसकेको छ ।