जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने विमानका पाइलटको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको जनाइएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान्–श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

सम्बन्धित समाचार हरु :

सुविधा सम्पन्न ‘ह्याङ्गर’ का लागि पोखरा आउदै थियो सौर्यको जहाज

पोखरा आउदै गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु