जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रहरी हुँ भन्दै धम्काएर रकम माग्ने बाटुलेचौरका एक युवक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

‘ह्वाट्सएप’ तथा ‘टेलिग्राम’ बाट सम्पर्क गरी विभिन्न व्यक्तिलाई आफू प्रहरीको सूचना अधिकारी रहेको र कोही कसैको काम परे गरिदिने साथै सर्वसाधरणसंग रकम माग्ने गरेका पोखरा महानगरपालिका–१६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षेत्री पक्राउ परेका हुन् ।

आफुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिरुलाई धम्की दिएर रकम माग्ने एक युवक पक्राउ परेका छन् ।

‘ह्वाट्सएप’ तथा ‘टेलिग्राम’ बाट सम्पर्क गरी विभिन्न व्यक्तिलाई आफू प्रहरीको सूचना अधिकारी रहेको र कोही कसैको काम परे गरिदिने साथै सर्वसाधरणसंग रकम माग्ने गरेका पोखरा महानगरपालिका–१६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षेत्री पक्राउ परेका हुन् ।

आम सर्वसाधारणसँग रकम माग गर्ने गरेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लामाचौरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीका विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।