जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लामाचौरमा रहेको होस्टेल भासियो

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा १६ लामाचौरमा रहेको पोलीटेक्निक इन्स्टिच्युटको होस्टेल भवन बिहीबार राती भासिएको छ । अविरल वर्षाका कारण नालीको पानी लिक भएर होस्टलको बाँया र अगाडी पट्टी भासिँदा पूर्ण रूपमा क्षति भएको हो ।

लामाचौरका ५९ वर्षीय डम बहादुर गुरुङले संचालन गरेको व्लकले बनेको टिनले छाएको १ तले होस्टल भवन भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।