जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा प्लास्टिक व्यावसायिकको साधारण सभा सम्पन्न : अध्यक्षमा तिवारी ।

शनिबार पोखरामा सम्पन्न पोखरा प्लास्टिक व्यावसायि समितिको ८ औं वार्सिक साधारण सभा तथा चौथो अधिबेशनले प्रशुराम तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हरिशरण अधिकारी, महासचिव हरिप्रसाद कोइराला ,सचिब बलराम चापागाईं,कोषाध्यक्ष शान्तिराम कुइकेल,सह कोषाध्यक्ष सरस्वती आचार्य,सदस्यहरुमा युवराज दाहाल ,सागर भुजेल ,राजन प्रसाद घिमिरे ,तरानाथ सन्जेल,अर्जुन शर्मा ,कृष्ण आचार्य र शिवराम दाहाल चयन भयका छन । नेपाल उद्योग ब्यापार महासङ्घका महासचिव खिमनारायण पराजुलीको प्रमुख आतिथ्यतामा भएको सभामा महासचिवको प्रतिबेदन प्रशुराम तिवारी , कोषाध्यक्षको प्रतिवेदन हरिशरण अधिकारीले प्रस्तुत गर्नुभयको थियो भने सस्थाका अध्यक्ष ऋषिराम पोख्रेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।