जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा यातायात व्यवसायीको दादागिरी , पत्रकारमाथी हातपात र स्कुटर तोडफोड ( भिडियो सहित )

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले स्कुटरमाथि तोडफोड गरेका छन् । पृथ्वी चोकमा ग २० प ३९७३ को स्कुटरमाथि तोडफोड गरेका हुन् ।

आन्दोलनरत पक्षले पत्रकार र अन्य सर्वसाधारणमाथि पनि दुर्व्यवहार र हुलहुज्जत गरिरहेका छन् । पत्रकार बिना थापा र सुरज थापा माथि दुर्व्यवहार गर्दै सार्वजनिक सवारीका चालकहरूले पत्रकार सुरज थापाको स्कुटरमा तोडफोड गरेका हुन् । नजिकै प्रहरी भआतए पनि नियन्त्रण गर्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।