जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आफै चढेको बसको पाङग्राले किचेर वृद्धाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा शनिबार बसबाट ओर्लिएपछि बाटो काट्नेक्रममा बसको ठक्करले एक वृद्धाको मृत्यु भएको छ ।

पोखरा विन्ध्यवासिनी चोकबाट सराङकोट जाँदै गरेको ग१ख ४१५६ नम्बरको बसबाट ओर्लिएपछि बाटो काट्ने क्रममा स्थानीय ७२ वर्षीय ललिता थापालाई सोही बसको पछाडिको पाङग्राले च्यापी घाइते बनाएको थियो ।

घाइते थापालाई मणिपाल शिक्षण अस्पताल लगिकोमा चिकित्सकले दिउँसो करिब ४ बजे मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।