जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको हर्पन खोलामा एकैदिन डुबेर दुई युवककाे मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पाेखरामा पाैडी खेल्ने क्रममा डुबेर दुई युवककाे मृत्यु

पाेखरामा पाैडी खेल्ने क्रममा डुबेर दुई युवककाे मृत्यु भएकाे छ । शुक्रबार पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुई युवककाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्राकार रहेकाे प्रहरीले जनाएकाे छ ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका उनीहरूकाे गोताखोरसहित प्रहरी टोलीले शव फेला पारेको हो । दुवै जनाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएकाे छ ।