जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोले बगाउँदा दुईवटा गाडी नारायणीमा बेपत्ता

जन्मभूमि खबर ,
पोखरा ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा यात्रु बस पहिरोले बगाएको छ । आज बिहान ३ बजे पहिरोले दुईवटा बस बगाएर नारायणी नदीमा पुर्याएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरो खसेर वीरगन्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी बगाएको हो । उक्त गाडीमा २०/२१ यात्रु रहेको प्रहरीको भनाइ छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स नामको बसमा करिब ४० देखि यात्रु सवार थिए । पहिरोले बगाउँदा गाडी नारायणी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी वल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार ७ जना गोताखोरको टोली खोज तथा उद्धारका लागि परिचालन भएको छ । यात्रुको अवस्था अज्ञात छ ।