जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँ पहिरो : पुरिएका तीनैजनाको शव भेटियो

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७, काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीनजनाकै शव फेला परेको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एकजनाको शनिबार राति र दुईजनाको आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले पुरिएर बेपत्ता भएका ४० वर्षीया हीरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको हो । शव परीक्षणका लागि अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए ।

हीरा र सुनमाया कुमालको घरमाथिबाट पहिरो खस्दै गर्दा घरभित्रका सामान स्थानीयले निकाल्ने क्रममा पुरिएर तीनजना बेपत्ता भएका थिए । पहिरोमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते छन् । घाइतेहरूको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।