जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जन्ती बोकेको बस नहरमा खस्दा, दुई जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

गढीमाईमा जन्ती बाेकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिकाको ६ धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बर एचआर ७ डी ८३८२ स्कोर्पियो नहरमा खस्दा दुई जना जन्तीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ की स्वेता पंडित रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । बिहान ९ बजे अनियन्त्रित भई स्कोर्पियो नहरमा पल्टिएको थियो ।

उक्त गाडीमा १२ जना सवार थिए । ५ जना सकुशल रहेको र नाम नखुलेका तीन जनाको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । चालक भने फरार भएका छन्।