जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोरखामा पहिरोमा परी ५ जना बेपत्ता, दुईको उद्धार

जन्मभुमि खबर ,
पोखरा ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५  सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चार जना बेपत्ता भएका छन् । सोही पहिरोमा परी दुई जना घाइते भएका छन् ।

पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताइन् ।

जितबहादुरसहित श्रीमती कान्छी गुरुङ, उनका बुवा ६० वर्षीय सुलाल कान्छा गुरुङ, सोही ठाउँका रमेश गुरुङ, ट्याक्टर चालक रमेश परियार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरेको उनले बताए ।

प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।