जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
असार २३,पोखरा ।

पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा शुक्रबारबाट सुरु भएको दुई दिने अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । ‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा सञ्चालन भएको उक्त सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सन्चालन भएको उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस रहेको थियो भने आदिकवी भानुभक्त क्याम्पस तनहुँ र सिनावत्र विश्वविद्यालय थाइल्याण्ड सहकार्यको भूमिकामा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सन्चालक समितिका अध्यक्ष श्रीराम सुबेदिले बताउनु भयो। क्याम्पसले आयोजना गरेको अनुसन्धान मुलुक अन्तरास्ट्रिय सम्मेलनमा सहभागी सम्पुर्णमा आफुले सिकेको ज्ञानलाई परिणाम निस्कनेगरि लाग्ने बिश्वास क्याम्पसका कोषाध्यक्ष युवराज लामिछाने व्यक्त गर्नु भयो । उक्त सम्पन्न कार्यक्रम  प्राध्यापक मनोरंज शर्माले सन्चालन गर्नुभएको थियो ।