जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त ओलीको सपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत नभएपछि शुक्रबार नै संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान भएको थियो ।  नेपाली कांग्रेस र नेकपा एमालले १६६ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेश गरेका थिए ।

७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।  उनको सपथ सोमबार हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।  कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो ।

सोही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन् ।  भोलि नै मन्त्रीहरु पनि नियुक्ति गर्ने तयारी भएको नेताहरु बताउँछन् ।