जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अस्पतालको झ्यालबाट खसेर एक बिरामीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एकजनाको मृत्यु भएको छ ।

नवलरासी पूर्वको हुप्सेकोट गाउँपालिका–२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगरको अस्पतालको झ्यालबाट खसेर मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

पिसाब थैलीमा क्यान्सर भएकोले मगर बुधबार अस्पतालमा उपचार गर्न आएको खुलेको छ ।