जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फिस्लिङ दुर्घटना : उपचारका क्रममा चालक पोखराका समिरको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३, फिस्लिङ बजारनजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको वाग्मती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो । दुर्घटना परी १३ जना घाइते भएका छन् ।

घाइते तीनजनाको अवस्था गम्भीर छ । चारजना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ । कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो ।

कार र बस ठोक्किदा २० जना घाइते, पाँचजना गम्भीर