जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन पसलबाट ३ किलो सुन लुटियो, ४ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

चितवनको कालिका नगरपालिका-६ स्थित खोलेसिमलमा रहेको सुनचाँदी पसलमा हतियार देखाएर ३ किलो सुन लुटपाट भएको छ ।

स्थानीय विनोद सुनारको पसलमा शनिबार राती पसल ८ : ४० को समयमा आएको समूहले हतियार देखाएर लुटपाट गरिएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार समूहले पसलबाट ३५ किलो चाँदी, ३ किलो सुन र दुई लाख रुपियाँ लुटेका छन् ।  सञ्चालक सुनारका अनुसार पसल बन्द गर्न अगाडिका दुई सटर झारिसकेको र एउछा मात्रै ढोका बन्द गर्न लाग्दा समूहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेका थिए ।

साथै उनीहरुले सुन पसलमा जडान गरिएको सिसिटिभिको हार्डडिक्स समेत लगेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय चितवनले भने लुटपाटमा संलग्न भएको आशंकमा ४ जनालाई पक्राउ गरेको जनाएको छ ।