जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन तोलामा १८ सयले बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

बिहीबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।

यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।