जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विश्वम्भरा ज्योतिष विज्ञान परिषद् कास्की शाखाको अध्यक्षमा पुन: आचार्य निर्वाचन

जन्मभुमि खबर ,
पोखरा ।

ज्योतिष शास्त्रको संरक्षणमा कृयाशील संस्था विश्वम्भरा ज्योतिष विज्ञान परिषद् कास्की शाखाको यहि बुधबार पोखरामा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
जसमा राजकुमार आचार्य पुन: अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा रामप्रसाद नेपाल, सचिवमा विवेक पौडेल, कोषाध्यक्षमा भेषराज पौडेल र सदस्यमा शोभाखर पौडेल, करन कपुर खनाल (कृष्ण), माधव सुवेदी लगाएत ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सह.प्रा.ज्यो. दिननाथ पण्डितले विश्वम्भरा ज्योतिष विज्ञानले ज्योतिषको प्रवर्द्धन र विकासको लागि मुख्य उद्देश्य बनाएको र त्यही अनुरूप कार्ययोजनामा पनि काम गरिरहेको देख्दा आफूलाई खुसी लागेको बताउनु भएको छ। “साथै पोखरा भनेको ज्योतिषको प्रमुख शहर हो, यहाँ बाट केवल ज्योतिषीको मात्र होईन ज्योतिष क्षेत्रकै विकास र प्रवर्द्धनमा एउटा चिनारी बन्नुपर्छ।” भन्दै आफ्ना भनाइहरू थपेर नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरे।

उक्त कार्यक्रममा ज्योतिर्विद् पीताम्बर पौडेल, हिरामणी कश्यप लगाएका ज्योतिषीहरूले पनि ज्योतिष शास्त्र, धर्म शास्त्र र यसको संरक्षणका विषयमा आफ्ना भनाईहरू राखेका थिए ।

सोही कार्यक्रममा सह. प्रा. डा.भोला नारायण रेग्मी, ज्यो रामजीप्रसाद आचार्यको विशेष उपस्थिति रहेको थियो।
निर्वाचन मण्डल संयोजक एवम् विशेष अतिथि हिरामणी कश्यप रहेको कार्यक्रममा अध्यक्ष राजकुमार आचार्यले गरेका थिए भने स्वागत मन्तव्य विवेक पौडेल र कार्यक्रम सञ्चालन गौरव ढुङ्गानाले गरेका थिए ।