जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विराटनगरमा विद्यार्थीको समुहले जलायो सरकारी गाडी

जन्मभुमि खबर ,
पोखरा ।

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सडकमा गुडिरहेको सरकारी गाडीमा आगजनी गरेका छन् ।

रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीहरुलाई रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् ।

उनीहरुले प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुढासँगै आगजनी गरेका हुन् ।

जेष्ठ १३ गते एक विद्यार्थीको समूहले निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेर नगरपालिकाका नगररक्षक र कार्यवाहक मेयरलाई हातपात गरेको आरोपमा ६ जना पक्राउ परेका थिए । पक्राउ परेका साथीहरुको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारी गाडीमा आगजनी गरेका हुन् ।

नगर प्रहरी र नगरपालिकाका पदाधिकारीहरुलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दीपक यादव, राहुल यादव, रुकुम यादव, रमणकुमार राय, विषेक झा र मिलन मिश्रलाई पक्राउ गरेको छ ।