जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विपद् उद्धार सम्बन्धी अभ्यासका क्रममा सशस्त्र प्रहरीको डुबेर मृत्यु

जन्मभुमि खबर ,
पोखरा

विपद् उद्धार सम्बन्धी अभ्यास गर्ने क्रममा एक जना सशस्त्र प्रहरीको डुबेर मृत्यु भएको छ ।

सोमबार बिहान सशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको सेती नदीमा डुबेर मृत्यु भएको हो । बिहान साँढे नौ बजे तिर बझाङ सदरमुकाम नजिक भोपुर दरबारमा बाढीमा डुबेका व्यक्तिको उद्धार सम्बन्धी डेमो अभ्यासका क्रममा चैनपुर साना सहरी खानेपानी आयोजनाको ट्यांकी नजिक धामी बेहोस भएका थिए ।

उनी नदीमा टाँगिएको डोरीको सहारामा उद्धार अभ्यास गरिरहेका थिए । डुबेर बेहोस भएका उनलाई त्यहाँबाट उपचारको लागि जिल्ला अस्पताल पुर्‍याइएलगतै अस्पताले मृत्यु भएको घोषणा गरेको छ । मृतक धामी विपद् व्यवस्थापन सम्बन्धी तालिम प्राप्त व्यक्ती भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र जयपृथ्वी नगरपालिकाको टोलीले विपद् उद्धार सम्बन्धी संयुक्त अभ्यास गर्ने क्रममा उक्त घटना भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए । १० दिन देखी चलिरहेको उक्त अभ्यासको सोमबार अन्तिम दिन हो ।