जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्र मिलन सहकारी ठगी प्रकरण : थप दुई जना फरार प्रतिवादी पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ९ नयाँबजार स्थित मित्र मिलन सहकारी ठगी सम्बन्धी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. १ कोत्रेबाट मित्र मिलन सहकारी संस्थाका पूर्व अध्यक्ष पोखरा महानगरपालिका वडा नं. २१ कृस्ती बस्ने वर्ष ३० का भरत भट्टराई र सोही सहकारीका गैह्र सदस्य वर्ष २८ का सुवास अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरूलाई कसुर अभियोग बमोजिम सजायकोलागि कास्की जिल्ला अदालत समक्ष पेस गरिएको कास्की प्रहरीले जनाएको छ ।