जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पुल बनाउन खनेको खाल्टोमा डुबेका बालकको शव फेला

जन्मभुमि खबर ,
पोखरा ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव आइबतार सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षीय गणेश बि.क. शनिबार गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।