जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ट्रकको ठक्करबाट खोला छेउका तिवारीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-९ प्रदर्शनी केन्द्रस्थित सडकमा ग.१ क ५३२० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका-३२ खोला छेउ बस्ने २९ वर्षीय सागर तिवारीको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई पश्चिम क्षेत्रीय अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।