जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे-६ को आठ किलोमा पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग१ख ९८६८ नम्बरको यात्रु बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

सडक छेउमा तान्दै गरेको इन्टरनेटको तार बसमा अल्झिदा तार तान्दै गरेका धरान उपमहानगरपालिका घर भएका अन्दाजी २२/२३ वर्षका सुदेस सुनुवारलाई बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । बसले ठक्कर दिएका सुनुवारको घटनास्थलमा नै मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।