जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पृथ्वी राजमार्ग सडक भासियो, सडक एकतर्फी सुचारु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा पृथ्वी राजमार्ग सडक भासिएको छ ।

वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे आनन्द टोलस्थित घट्टे कुलोको पानी बाहव बढ्न गई पृथ्वी राजमार्ग सडक खण्ड भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सडकको दायाँ साईड ५ मिटर लम्बाई, १.५ मिटर चौडाई सडक घट्टे कुलोको पानीले काटेर भत्काएको र उक्त स्थानदेखि १० मिटर अगाडी सडकमा दायाँ तर्फको ७ मिटर लम्बाई, १ मिटर चौडाई भाँसिएर खसेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

अहिले सडक एकतर्फी सुचारू रहेको शर्माले जानकारी दिए ।