जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले लगाए ताला

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् । सदस्यता सिफारिस भएको डेढ वर्षसम्म सदस्यता नपाएपछि कास्कीका १८ जना पत्रकारको समूहले शुक्रबार तालाबन्दी गरेको हो ।

पत्रकारको तालाबन्दीले महासंघ कास्की अध्यक्ष विमला भण्डारी र कार्यालय सचिव प्रमिशा सिलवाल भित्रै थुनिएका छन् ।

बाहिर निस्कन र आन्दोलनलाई सहजीकरण गर्न साढे दुई घण्टासम्म आग्रह गर्दा पनि अटेर गरेपछि अध्यक्ष र कार्यालय सचिवलाई भित्रै राखेर ताला लगाउन बाध्य भएको पत्रकार अनुप पौडेलले बताए ।

‘हामीले दिउँसो साढे ३ बजे गएर हामी आन्दोलन स्वरुप ताला लगाउँदै छौँ भन्यौँ । निस्किनुस् भनेर साँझ ५ बजेसम्म आग्रह गर्‍यौं,’ उनले भने, ‘उहाँ गैरपत्रकारले ताला लगाउन मिल्दैन भन्नुभयो । आफैँ पत्रकार हुन्, सदस्यता दिनपर्छ भनेर सिफारिस गर्ने अनि पत्रकार होइन भन्न मिल्छ ?

नेपाल पत्रकार महासंघ कास्कीले २०७९ मंसिरमा आवेदन मागेको थियो । ९१ जनाले आवेदन भरेकोमा १८ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।