जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नौडाँडामा ट्रकमा सामान अनलोड गरी ब्याक गर्ने क्रममा ट्रकको ठक्करबाट दाहालको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं १ नौडाँडामा ट्रकले ठक्कर दिँदा पैदलयात्रीकाे मृत्यु भएकाे छ । बिहीबार दिउँसो १ः५० बजे ग १ क २६२५ नम्बरको ट्रकले स्थानीय ७० वर्षीय दुर्गाप्रसाद दाहाललाई ठक्कर दिएकाे थियाे ।

दाहाल गम्भीर घाइते भइ उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएकोमा २ः५० बजे उपचारको क्रममा चिकित्सकद्वारा मृत्यु घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । ट्रकमा सामान अनलोड गरी ब्याक गर्ने क्रममा दाहाललाई ठक्कर दिन पुगेको शर्माले बताए ।

ट्रकसहित ट्रक चालक धादिङका ३५ वर्षीय लेखबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जनाए ।