जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल पस्यो मनसुन, सुरु भयो बर्खायाम

जन्मभुमि खबर ,
पोखरा ।

नेपालमा बर्खायाम सुरु गराउने मौसम प्रणाली मनसुन आज (जुन १० तारिख) प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २८ गते) सूचना जारी गरी नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकारी दिएको हो ।

नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गर्छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो ।

महाशाखाले भनेको छ, ‘नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने देखिन्छ ।’

मनसुन गत मे ३१ तारिखमै सिक्किम आइपुगेको मनसुन त्यहाँबाट १० दिनपछि नेपाल प्रवेश गरेको ह ।

मौसमविद्का अनुसार सुरुमा पूर्वी क्षेत्रमा प्रभाव पार्ने मनसुन क्रमश: देशमर फैलिन्छ ।

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मौसमविद्ले यसअघि नै गरिसकेका छन् ।

मौसमविद्अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मितिचाहिँ अक्टोबर २ तारिख हो ।

मनसुन बिदा भएपछि पोस्ट मनसुन सिजन सुरु हुन्छ। यो नोभेम्बरसम्म रहन्छ। त्यसपछि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ ।