जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दिनदिनै रेकर्ड तोड्दै सुनको मुल्य, आज फेरि बन्यो सर्वाधिक महँगो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ ।

आज तोलामा एक हजार रुपैयाँ बढेर सुन अहिलेसम्मकै सर्वाधिक महँगो भएकाे हो। आज छापावाल सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा १८ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँ कामय भएको थियो। यो हिजोसम्मको लागि सर्वाधिक महँगो मूल्य हो।

आज पुनः तोलामा एक हजार रुपैयाँ बढेर सुनको मूल्यले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड बनाएकाे छ।

आज तेजाबी सुनको मूल्य १ लाख ४४ हजार तीन सय रुपैयाँ पुगेको छ।