जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तीन घण्टापछि आँबुखैरेनी-मुग्लिन खण्डको अवरोध हट्यो

जन्मभुमि खबर ,
पोखरा ।

अवरुद्ध भएको तीन घण्टापछि पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्ड सुचारु भएको छ । आँबुखैरेनी गाउँपालिका –४ साँखर ड्यामनजिक पहिरो गएकाले मर्मत गर्ने क्रममा बन्द गरिएको राजमार्ग दिउँसो १ बजेबाट सुचारु गरिएको हो ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि बन्द गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए ।

साँघुरो सडक भएको र जुनसुकै बेला पनि पहिरो खस्ने जोखिम भएकाले बन्द गरी मर्मत गर्नुपरेको उहाँले जानकारी दिनुभयो । मर्मतको काम जारी रहेको यात्रुलाई अप्ठ्यारो नहोस् भनेर सूचारु गरिएको ज्ञवालीले बताए ।

यातायात सुचारु भएपछि यात्रुहरु आफ्नो गन्तव्यमा लागेका छन् । सो ठाउँमा पहिरो नियन्त्रणको काम भइरहेको र हिल साइडमा चर्किएर बसेका चट्टान ट्रिमिङ गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको कार्यालयका इन्जिनियर कल्पना मिश्रले जानकारी दिए ।

विसं २०७९ जेठ २७ गते वर्षाका कारण सो ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतको काम भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

आँबुखैरेनी-मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने