जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गृहमन्त्री लामिछानेले समाचार लुकाइदिन र मिलाइदिन धेरै अनुरोध गरेको सम्भव सिरोहियाको खुलासा

जन्मभुमि खबर ,
पोखरा ।

कान्तिपुर मिडियाका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगी प्रकरणको समाचार लगातार लेख्दा कैलाश सिरोहिया पक्राउ परेको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै सिरोहियाले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको समाचार लगातार लेख्दा सिरोहिया पक्राउ परेको दावी गरेका हुन् ।

उनले लामिछानेले समाचार लुकाइदिन र मिलाइदिन धेरै अनुरोध गरेको खुलासा गरेका छन् । उनले अगाडि भने, ‘उहाँले आफूले गरेको पत्रकारिताजस्तो सोचेको जस्तो लाग्यो, जहाँ समाचार सेटिङ गरिन्छ र लुकाइन्छ ।’

उनले कान्तिपुरको व्यवस्थापनले नभै सम्वाददाताले समाचार लेख्ने स्पष्ट पारे । ‘समाचार र सम्पादकीय स्वतन्त्र छ’, उनले भने ।