जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा फ्लोर क्रस गरेका फणीन्द्र देवकोटा पदमुक्त 

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशमा फ्लोर क्रस गरेको भन्दै सांसद फणीन्द्र देवकोटा पदमुक्त भएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा उनले नेकपा माओवादी केन्द्रको ह्वीप आफूमाथि लागू नहुने भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका थिए ।

त्यसपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको हो । सो कारबाहीको पत्र शुक्रबार सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा सुनाएका छन् । सभामुखले कारबाहीको पत्र सुनाएसँगै देवकोटा पदमुक्त भएका हुन् ।

देवकोटा पाण्डे सरकारमा मन्त्रीसमेत छन् । उनी गोरखाबाट माओवादीको चुनाव चिह्नमा प्रत्यक्ष निर्वाचित भएका थिए । तर, उनले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको दाबी गर्दै आएका थिए । यो पदमुक्तसम्बन्धी विवाद सर्वोच्च अदालत पुग्ने देखिएको छ ।