जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ खच्चर अड्किए

जन्मभुमि खबर ,
पोखरा ।

दैलेखमा १२ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा अड्केका छन् । दैलेखको आठबिस नगरपालिका- ६ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको जाली खुस्किएर खुट्टा छिर्दा १२ वटा खच्चर फसेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले  जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्ने कार्य भइरहेको उनले बताए । उनले दैलेखबाट अछामतर्फ खाद्यान्न ढुवानी गर्ने खच्चरहरू पुलमा फसेको बताए  ।

‘झोलुङ्गे पुल बनाउने मिस्त्री बोलाएर फलामको रड लगाइ उद्धार गर्ने प्रयास भइरहेको छ,’ उनले भने,’

अडकिएकामध्ये एक खच्चरको बिहानै उद्धार भएको थियो । बाँकी १३ खच्चरमध्ये ७ खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर उद्धार गरेका छौँ’, भुसालले थपे, ‘दुवै जिल्लाका सुरक्षा प्रमुख र स्थानीयको रोहबरमा खोलामा डुंगा राखेर खच्चड झारेर उद्धार गरिएको हो ।’

जालीमा खुट्टा अडकिएर जटिल अवस्थामा रहेका ६ खच्चडको कसरी उद्धार गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए ।