जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाएकी शोभा पाठक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।

एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन् ।